जमिनमा गाडेर राखेको अवस्थामा ५३ राउण्ड गोली बरामद


२९ चैत्र २०८०, बिहीबार
goli

सर्लाही । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–८ मा जमिनमुनि गाडेर राखेको अवस्थामा ५३ राउण्ड गोली बरामद गरिएको छ । गोरखकाली प्रहरी चौकी नजिकबाट जमिनमुनि गाडेर राखेको अवस्थामा पेस्तोलमा प्रयोग हुने केएफ लेखिएको ५३ राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका–५ बस्ने विजय महतोले सञ्चालन गरेको भोलेबाबा अटो पार्टस एन्ड विजय रिपेरिङ सेन्टरको अगाडि रहेको खुला कवाडी राखेको सामानहरू ठाउँमा जमिनमुनि गाडेर राखेको अवस्थामा गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा चेकजाँच गर्न गएका प्रहरीले गरगहना राख्ने सानो ब्यागभित्र लुकाएर राखेको अवस्थामा गोली बरामद भएको हो । गोली उक्त स्थानमा कसले ल्याएर राखेको हो त्यो अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७