नेपाललाई मलेसियाले दियो १४४ रनको लक्ष्य


३० चैत्र २०८०, शुक्रबार
Dipendra Sing

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपाललाई मलेसियाले १४४ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट १४३ रन बनायो ।

मलेसियाका कप्तान वीरतदीप सिंहले नट आउट ६८, शर्भिन मुनियन्दीले ४१ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ र अबिनाश बोहराले १ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७