मलेसियासँग नेपालको संघर्षपूर्ण जित


३० चैत्र २०८०, शुक्रबार
nepal win

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत मलेसियासँगको खेलमा नेपालले पाँच विकेटको संघर्षपूर्ण जित हात पारेको छ । ओमानमा भइरहेको खेलमा नेपालको यो पहिलो खेल हो । एसिया कप टी–२० को प्रवेशद्वारका रुपमा रहेको यो प्रिमियर कपमा नेपाल र मलेसिया समूह ‘ए’ मा छन् । यो समूहमा हङकङ कतार र साउदी अरेबिया पनि छन् ।

आजको खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । जसमा नेपाली फिल्डरले साथ दिँदा उसले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । जसमा कप्तान विरानदीप सिंहको ७२ रन र शर्भिन मुनियन्दीले ३३ बलमा ४२ रनको योगदान दिएका दिए ।

बलिङमा दीपेन्द्रसिँह ऐरीले २ र अविनाश बोहराले एक विकेट लिएका थि ए। जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई मलेसियाली बलरले चर्को दबाबमा राखेका थिए । जसका बाबजुत नेपालले सानो स्कोरमा जित निकाल्न २० ओभरसम्मै पुग्नुपर्‍यो ।

२० औं ओभरको दोस्रो बलमा पाँच विकेटको क्षतिमा नेपालले लक्ष्य भेट्टायो । नेपालको जितमा आशिफ शेखले ३२, कप्तान रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २० र गुल्शन झाले १९ रनको योगदान दिए । बलिङमा मलेसियाका कप्तान विरानदीपले तीन विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७