बाइडेनले भने, ‘इरानले इजरायलमाथि चाँडै आक्रमण गर्न सक्छ’


१ बैशाख २०८१, शनिबार
Biden

वासिङटन डिसी । इरानले इजरायलमाथि हमला गर्न सक्ने अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारेमा जानकारी दिएका हुन् । तर, उनले इरानले इजरायलमाथि आक्रमण गरे रक्षाका लागि उभिने जनाएको छ ।

यस महिनाको सुरुमा शीर्ष कमाण्डरहरूलाई मार्ने इजरायली हवाई हमलाको इरानले बदला लिने जनाइरहेको बेला राष्ट्रपति वाइडेनले हमला हुन सक्ने जनाएका हुन् । इरान हमलाको डर बढ्दै जाँदा ‘छिट्टै भन्दा छिटो’ इजरायलमा आक्रमण गर्नेसक्ने उनले जनाएका हुन् ।

इजरायलले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा हमला गरेको इरानको आरोप छ । तर, इजरायलले त्यसलाइ स्वीकार गरेको छैन तर यसको पछाडि इजरायलको हात रहेको इरानको भनाई छ । अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई इजरायलमा ठूलो आक्रमण तुरुन्तै हुनसक्ने बताएका छन् भने इजरायलले आफू आफ्नो रक्षा गर्न तयार रहेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७