गण्डकी बोर्डिङ पाेखराका प्रधानाध्यापकसहित आठ जनाविरुद्ध वन मुद्दा


१ बैशाख २०८१, शनिबार
gandaki college

पोखरा । विद्यालय परिसरका रूख काटेर बिक्री गरेको आरोपमा गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रचलित वन ऐनविपरित विद्यालय परिसरमा रहेको रुख काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको हो ।

सार्वजनिक गुठी सञ्चालन गरेको विद्यालयमा खेलकुद ग्राउण्ड, छात्राबास र स्कुलको कम्पाउण्डसँग जोडिएका सिसौ, सल्लालगायतका विभिन्न २५ वटा रूख काटिएको निवेदनमा उल्लेख छ । मुद्दामा प्रधानाध्यापक वीरेन्द्र खड्का, पोखरा–१६ का खड्कासहित लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र शुक्लागण्डकी–९ का यज्ञराज शर्मालाई प्रतिवादी बनाइएको छ ।

अनुसन्धान गर्दा वन नियमावली, २०७९ अनुसार प्रक्रिया पूरा नगरिएको पाएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए । ऐनको दफा ५० को उपदफा १४ बमोजिम बिगो असुल गरी १० हजार जरिवाना तथा ६ महिनासम्म कैद सजायको मागदावी गर्नै डिभिजन वन कार्यालय कास्कीले चैत २७ गते जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको हो ।

g 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७