आईपीएल : पञ्जाबमाथि राजस्थान ३ विकेटले विजयी


२ बैशाख २०८१, आईतवार
punjab 1

काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिङ गर्दै पञ्जावले २० ओभरमा ८ विकेट गुमाउदै १४७ रन बनाएको थियो । यो जितपछि राजस्थानको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । त्यसैगरी पञ्जाव किंग्सको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७