सुनको भाउ एकै दिन २२ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?


२ बैशाख २०८१, आईतवार
Gold 2

काठमाडौं । नेपाली बजारमा लगातार बढेर रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुन प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको हो। घटेपछि छापावाल सुन एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार २०० ले नै घटेर एक लाख ३६ हजार १५० कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० ले घटेको छ । चाँदी एक हजार ७०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७