एकै पटक पाँच सचिवको सरुवा, को कहाँ पुगे ?


२ बैशाख २०८१, आईतवार
pm office 1

काठमाडौं । सरकारले पाँच सचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरुको सरुवा गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव अर्जुन पोखरेलको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमाका सचिव विनोदप्रकाश सिंहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ । यस्तै उपराष्ट्रपति कार्यालयमा रहेका सचिव मुकुन्दप्रसाद निरौलालाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।

सिंह यसअघि युवा तथा खेलकुद मन्त्रालयमा सरुवा हुने गरी मन्त्रिपरिषद् बैठकमा छलफल भए पनि अन्तमा भने उनको निकाय परिवर्तन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७