आईपीएलमा आज बैंगलुरु र हैदरावाद भिड्दै


३ बैशाख २०८१, सोमबार
ipl

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (सोमबार) एक खेल हुँदैछ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेदेखि सुरु हुनेछ ।

जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म खेलेका ६ खेलमा पाँच हार व्यहोरेको छ भने एक खेल मात्र जितेको छ । त्यस्तै सनराइजर्स हैदरावादले भने ५ खेलमा ३ खेल जितेको छ भने २ खेलमा हार व्यहोरेको छ ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुनेछन् । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।

त्यस्तै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आईपीएल खेल्दैछ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स उमरान मलिक, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार र अभिषेक शर्मा जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, वानिन्दु हसरंगा, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता खेलाडी महत्वपूर्ण हुने देखिन्छन् । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७