रुससँग युद्ध शुरू भएयता युक्रेनमा ३७ हजार व्यक्ति बेपत्ता


५ बैशाख २०८१, बुधबार
1 Ukrain missing ypD0YPlEiV

काठमाडौं । युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण शुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति बेपत्ता रहेको जनाएको छ ।

बालबालिका, सर्वसाधारण र सेना गरी करिब ३७ हजार मानिस बेपत्ता भएको युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले बताए । युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्को समर्थित पृथकतावादीसँग युद्ध शुरु भएयता रूसले गैरकानुनी रूपमा हिरासतमा लिएका करिब एक हजार ७०० व्यक्तिको पहिचान गरेको उनले बताए ।

मानव अधिकारवादी समूहले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन् । युक्रेनी भू–भागको ठूलो हिस्सा युद्धको सुरुवातदेखि नै रूसी कब्जामा छ । युद्धले धेरै शहर तथा वरपरका इलाकामा तहसनहस पारेको छ र हजारौंको ज्यान लिइसकेको छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले मार्चमा सार्वजनिक गरेको प्रतिवेदनमा रूसको आक्रमणपछि कम्तीमा १० हजार ८१० जनाको मृत्यु भएको उल्लेख छ । स्वतन्त्र पर्यवेक्षकहरूलाई कब्जा गरिएको क्षेत्रहरूमा प्रवेश गर्नबाट रोक लगाइएकाले हताहतको वास्तविक संख्या ‘धेरै’ हुनसक्ने र यसलाई पुष्टि गर्न गाह्रो छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरीमा युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७