छत्तिसगढ भिडन्तमा मारिने नक्सलवादीको संख्या १८ नाघ्यो


५ बैशाख २०८१, बुधबार
naksal

छत्तीसगढ । छत्तिसगढको कांकेर जिल्लामा सुरक्षा बल र नक्सलवादीबीच भीषण भिडन्त भएको छ । सो भिडन्तमा परी हालसम्म १८ नक्सलवादी मारिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । साथै, ठूलो परिमाणमा हात हतियार समेत बरामद भएको छ ।

भारतीय सुरक्षा बलले पूरै क्षेत्रमा खोजी अभियान जारी राखेको छ । भिडन्तमा ४ जना सैनिक घाइते भएका छन् । सो घटनाका सम्बन्धमा काँकेरको छोटाबेटिया प्रहरी चौकी अन्तर्गतको बिनागुण्डा र कोरोनार बीचको हापाटोला जंगलमा भएको हो ।
नक्सलवादीका चार वटा एके ४७ असल्ट राइफल पनि बरामद गरिएको छ । साथै २५ लाखको इनाम लिएका नक्सलवादी कमाण्डर शंकर राव पनि यस भिडन्तमा मारिएको भारतीय सुरक्षा बलले जानकारी दिएको छ ।

एडीजी नक्सल अपरेशन विवेकानन्द सिन्हाले मुठभेडमा धेरै नक्सलवादी मारिएको बताए । तर, कति नक्सलवादी मारिएका छन् भन्ने आधिकारिक पुष्टि भने भएको छैन । घाइते सैनिकको अवस्था सामान्य र खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन् । घाइते सैनिकको राम्रो उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाइएको छ । साथै उक्त क्षेत्रमा खोजी कार्य जारी रहेको छ । सो भिडन्त हिजो दिउँसो ३ बजेबाट सुरू भएको थियो ।

पछिल्लो समय छत्तीसगढमा नक्सलवादीहरू विरुद्ध निरन्तर कारवाही भइरहेको छ । बस्तर क्षेत्रमा एक महिला नक्सलीसहित दुई पुरस्कृत नक्सलवादीहरूले सुरक्षा बल सामु आत्मसमर्पण गरेका छन् भने सुरक्षा बलहरूले दुई आतंकवादीलाई पक्राउ गरेका थिए । पुलिस अधिकारीहरूले भनेका थिए कि सुकमा जिल्लामा दुई नक्सलवादीहरूले प्रत्येक ८ लाख रूपैयाँको पुरस्कार लिएर आत्मसमर्पण गरेका हुन् ।

सुरक्षा बलको कडा कारबाहीका कारण नक्सल शिविरमा हलचल मच्चिएको छ । दन्तेवाडामा एक–दुई होइन, २६ नक्सलवादीले सँगै आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्ने नक्सलीहरूमा पुरस्कृत नक्सलवादी पनि समावेश थिए ।उनीमाथि एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो । आत्मसमर्पण गरेका नक्सलवादीहरूका सम्बन्धमा एसपी गौरव राईले उनीहरू पोस्टर, ब्यानर टाँस्ने, सामान सङ्कलन गर्ने, आगजनी गर्ने, सरकारी सम्पत्तिमा क्षति पु¥याउने र सरकारी काममा अवरोध गर्ने जस्ता सबै भ्रष्ट गतिविधिमा संलग्न रहेको बताए । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७