शरणार्थी शिविरमा इजरायलको बमबारी, सात बालबालिकासहित १३ को मृत्यु


५ बैशाख २०८१, बुधबार
bombari2024 04 17 09 04 18

गाजा । मध्य गाजाको अल–मगाजी शरणार्थी शिविरलाई लक्षित गरी भएको आक्रमणमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । इजरायलले गरेको निरन्तर हमलाका कारणा सो घटनामा परी २५ जनाभन्दा बढी घाइते भएको अल अक्सा शहीद अस्पतालका अधिकारीहरूले बताएका छन् । प्रत्यक्षदर्शी निहाद ओडेतल्लाहले खिचेको भिडियोमा सो क्षेत्र वरिपरि रगत बगिरहेको बच्चाहरू सहित भुइँमा छरिएका घाइतेहरू देखिन्छन्, यसवाट पनि अनुमान गर्न सकिन्छ कि सो घटनामा धेरै हताहत भएका छन् ।

‘दर्जनौं मानिसहरू आतंकित, चिच्याउँदै र शव गन्न र बोक्न खोजिरहेका देखिन्छन् । मृत शरीरहरूमा धुलोले ढाकिएको फोसबल टेबल देखिन्छ,’ सिएनएनले आफनो रिपोर्टमा भनेको छ । शिविरमा बस्ने ओडेताल्लाहका अनुसार दिउँसो ३ः ४० बजे विस्फोटको आवाज सुने । स्थानीय समय अनुसार सो हमला उनीबाट करिब ३० देखि ४० मिटर मात्रै टाढा रहेको थियो ।

‘म के भयो भनेर तुरुन्तै हिँडें र भुइँमा लडेका शव भेटें । मानिसहरू चिच्याइरहेका छन्, बच्चाहरू चिच्याइरहेका छन् । केटाकेटीहरू जमिनमा मरेका छन् । उनीहरू फुटबल खेल्दै थिए र उनीहरू शहीद भए,’ उनले भने । अल अक्सा शहीद अस्पताल फुटेजले हताहत र घाइतेका निरन्तर प्रवाह देखाउँदछ किनकि आपतकालीन कोठामा धेरै घाइते बच्चासहित बिरामीहरू भुइँमा रोइरहेका छन् । परिवारका सदस्यहरू आफ्ना प्रियजनको शवमाथि भिडभाड गर्दै चुम्बन गर्दै उनीहरूलाई समातेर र रोइरहेका देखिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७