१५० किलो गाँजा पिठ्यूँमा बोकेर भारत जाँदै गर्दा सात जना पक्राउ


५ बैशाख २०८१, बुधबार
ganja

मकवानपुर । इलाकी प्रहरी कार्यालय मकवानपुर नेवारपानीले गाँजा ओसारपसारमा सहभागी भएको आरोपमा दुई किशोरसहित सात जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट १५० किलो गाँजा नियन्त्रणमा लिएको छ । गाँजाको भारी पिठ्यूँमै बोकेर हिंडिरहेका बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–४ माथिल्लो मसिने भन्ने स्थानको पर्सा राष्ट्रिय निकुञ्जको कोर इलाका नजिक रहेको मध्यवर्ति सामुदायीक वनमा पर्सा राष्ट्रिय निकुन्ज लामिटारबाट खटिएको कर्मचारी र सोही निकुन्ञको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले गाँजा र व्यक्ति पक्राउ गरेको हो ।

बोरामा लागू औषध गाँजा बोकेर पैदल यात्रामार्फत पर्सा जिल्लातर्फ जाँदै गरेको अबस्थामा उनीहरूलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जसमा मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका ३ बस्ने १५ र १९ बर्षीय किशोर रहेका छन् । मकवानपुर कैलाश गाउँपालिका–४ बस्ने २८ बर्षीय बमबहादुर चेपाङ, २७ बर्षीय हरिकुमार प्रजा,२७ बर्षीय बीरमान प्रजा रहेका छन् । यसैगरी मनहरी गाउँपालिका–३ हाडीखोला बस्ने ४४ बर्षीय रामहरि लुईटेल र मनहरी–५ बस्ने ३६ बर्षीय दिपक थापा मगर रहेको प्रहरीले जनाएको छ । उनीहरूले प्रहरीसमक्ष आफूहरू भरिया मात्र भएको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार उनीहरूले गाँजा लिएर भित्री बाटो हुँदै आफूहरू भारत जान लागेको बताएका छन् । प्रारम्भिक अनुसन्धानले ती युवकले प्रतिकिलो हजार रुपैयाँका दरले ज्याला लिने शर्तमा गाँजा भारत पु¥याउने जिम्मा लिएको देखाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७