कृषि औजार कारखाना सञ्चालनका लागि महावीर पुनले आत्मकथा बेचेर जुटाए पाँच करोड

रुपन्देहीमा मात्र विक्यो ६१ लाखको पुस्तक


६ बैशाख २०८१, बिहीबार
mahabir

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आत्मकथा बेचेर पाँच करोड रुपैयाँ कमाएका छन् । गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक लिएर विभिन्न जिल्लामा बिक्रीका लागि पुगेका पुनले पछिल्लो १०० दिनमा ८४ हजार प्रति पुस्तक बिक्री भएको जानकारी गराएका छन् ।

उनले पुस्तकको बिक्रीबाट झण्डै पाँच करोड रुपैयाँ आर्जन गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । पुनले रुपन्देहीमा मात्र ६१ लाखको पुस्तक विक्री गरेका छन् । उनले आफ्नो आत्मकथाको किताब बेचेर प्राप्त रकमबाट तीन दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने बताउँदै आएका छन् ।

वीरगञ्जको कृषि औजार कारखानालाई नियमित रुपमा सञ्चालनको लागि पुस्तक बिक्री गर्दै हिडेका उनी हालसम्म देशका २४ जिल्ला पुगेको बताउँछन् । हालसम्म ७२ हजार पुस्तक बिक्री भएको छ । विद्यार्थीको लागि मात्र ५० रुपँया छुट गरी ७ सयमा बिक्री भए पनि अन्यको लागि एउटा पुस्तकको मुल्य ७५० मा बिक्री गर्दै आएको बताए । तीन महिनाभित्रमा देशका ७७ वटै जिल्लामा पुग्ने लक्ष्य रहेको पुनको भनाइ छ । आफैंले लेखेको ‘सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तकमा समेटिएको छ ।

कृषि औजार कारखाना सञ्चालनका लागि सरकारले सम्झौता बमोजिम रकम नदिएपछि उनले पुस्तक निकालेरै भए पनि कारखाना सञ्चालनमा ल्याउने अठोट गरेर अहिले किताब बिक्री वितरण गर्दै देशव्यापी अभियानमा लागेको बताए । व्यक्तिगत लाभका लागि नभई राष्ट्रको कृषि औजार कारखाना सञ्चालनका लागि आफू लागि परेको पुनले स्पष्ट पारे । विभिन्न २८ जिल्ला पुगेर पुस्तक बिक्री गरेका पुनको पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७