युएईविरूद्ध ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन


७ बैशाख २०८१, शुक्रबार
ua

काठमाडौँ । आज (शुक्रबार) एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदैछन् । आज पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । यस खेलमा यूएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ, जसमा पछिल्लो खेल खेलेका प्रतिस जिसीको ठाउमा सोमपाल कामी प्लेइङ ११ मा रहेका छन् । नेपाल र यूएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् । यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र यूएईबीच अहिलेसम्म ९ टी–२० खेल भएका छन् ।

जसमा नेपालले ५ खेल जितेको छ भने यूएईले ४ खेल जितेको छ । त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल आजै अपराह्न ४ः १५ बजेदेखि सुरु हुने छ । यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७