दीपेश पुन चार लाख धरौटीमा रिहा, ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश


७ बैशाख २०८१, शुक्रबार
dipesh pun

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा समेत रहेका पुनलाई जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७