राजेन्द्र राईको टिप्पणी : प्रदेशसभामा सरकारविरुद्ध टेबल संकल्प प्रस्ताव आलोकाँचो

‘विश्वासको मत लिन कोशिस गर्नुस्, नसके मुद्दा मामिलातिर नलाग्नुस्’


७ बैशाख २०८१, शुक्रबार
rajendra rai1697617552

मोरङ । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश सभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकार अल्पमतमा हुन नसक्ने बताएका छन् । उनले उपधारा ५ बाट बनेको सरकार अजम्मरी पनि नहुने बताए ।

प्रदेश सभामा प्रस्तुत सङ्कल्प प्रस्तावमाथिको छलफलका क्रममा उनले सरकार अजम्मरी नहुने कुरा यसअघि नै मुख्यमन्त्रीलाई जानकारी गराएको बताएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनैपर्ने उनको जिकिर थियो ।

राईले कोशी प्रदेशसभामा सरकारविरुद्ध टेबल भएको संकल्प प्रस्ताव आलोकाँचो भएको टिप्पणी गरेका छन् । अल्पमतको सरकार हटाउने दुई विधि रहेको उल्लेख गर्दै उनले भने, ‘अविश्वासको प्रस्तावका लागि दुई वर्ष कुर्नुपर्ने वा सरकारले विश्वासको मत लिनुपर्ने हुन्छ । म सरकार टिकाउने पक्षमा छैन । प्रक्रियाको कुरामा हेर्नुपर्छ ।’ संसद्ले मात्र सरकार अल्पमतमा परेको ठहर गर्ने उनको भनाइ छ । उनले भने, ‘बाहिर पत्रकार सम्मेलन गरी, ठूला–ठूला कुरा गरेर, संसद् बाहिर ठूला–ठूला निकायमा पुगेको रेकर्ड नहुने, मान्य नहुने हुँदा अल्पमतमा परेको हुँदैन। त्यसका लागि संसदमा दर्ता गरी प्रक्रियामा आउनु पर्छ ।’

‘संविधानको धारा १८३ को उपधारा ९३० बमोजिमको अधिवेशनको दोस्रो बैठकको सङ्कल्प प्रस्तावमाथिको छलफलमा सरकार हट्ने कि रहने भन्ने मूल छलफलको विषय रहेकाले सरकार हट्दा पनि कानून सङ्गत र बस्दा पनि कानूनसम्मत रूपमा प्रक्रिया पुर्‍याएर हुनुपर्छ’, दलका नेता राईले भने । उनले मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन कसरत गर्न सुझाव दिए । उनले भने, ‘३० दिनभित्र विश्वासको मत लिन कोशिस गर्नुस्, सक्नु भएन भने मार्ग प्रशस्त गर्नुस् । मुद्दा मामिलातिर नलाग्नुस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७