नुहाउने क्रममा कर्णाली नदीले बगाएर दुई बालिका बेपत्ता, तीनको सकुशल उद्धार


७ बैशाख २०८१, शुक्रबार
fukot karnali 1
फाइल फोटो

बाजुरा । नुहाउने क्रममा कर्णाली नदीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । बाजुराको जगन्नाथ गाउँपालिका–२ मा सोही ठाउँ बस्ने १५ वर्षीया सोबिना शाह र १३ वर्षीया सन्जुकुमारी शाही कर्णाली नदीमा बेपत्ता छन् ।

बिहीबार दिउँसो उनीहरूसँगै अन्य तीन जना बालिका नुहाउने क्रममा नदीमा बगेका थिए । बगेको देखेपछि स्थानीयले तीन जना बालिकाको सकुशल उद्धार भएको थियो । बेपत्ता बालिकाहरूको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७