१५ वर्षसम्म स्काउटको जग्गा कब्जा गरेका सांसद खड्का भन्छन्-सरकारले शिल गरेर आतंक मच्चायो


७ बैशाख २०८१, शुक्रबार
Deepak Khadka NC

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक खड्काले सरकारले रातको समयमा स्काउटको जग्गा र संरचनामा शिल गरेर आतंक मच्चाएको आरोप लगाएका छन् ।

१५ वर्षदेखि कब्जा गरेको भन्दै लैनचौरस्थित स्काउटको जग्गा र भवनमा बिहीबार राति जिल्ला प्रशासन कार्यालय काठमाडौंले शिल गरेको थियो । तर, सांसद खड्काले स्काउटको जग्गा आफूले नहडपेको जिकिर गरेका छन् । उनले आफू खड्काल्याण्ड डेभलपमेण्ट प्रालिमा विगत दुई वर्षदेखि आबद्ध नरहेको भन्दै राजनीतिक प्रतिशोध साध्न राज्य लागेको आरोप लगाए ।

उनले सरकारले सूचनासमेत नदिई, बुझ्दै नबुझी व्यवसाय बन्द गर्नु गलत प्रक्रिया भएको बताए । उनले सरकारले स्काउटको जग्गामा व्यवसाय गर्ने ४८ परिवारलाई व्यवसाय गर्न नदिएर आतंक फैल्याएको बताए । उनले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै स्काउटको भुक्तानी हिसाब गरेर तिर्न आफू तयार रहेको बताए ।

सांसद खड्काले १५ वर्षअघि स्काउटले सटर बनाउन लिएको ऋण तिर्न नसक्दा आफूले जग्गा लिजमा लिएर सहयोग गरेको दाबी गरे । राज्यले समय अवधि हुँदाहुँदै पनि व्यवसायीहरूलाई गरिखाने वातावरण समेत नदिएको आरोप उनको आरोप छ ।
‘जग्गा भाडामा लिएको १२ वर्षसम्म कुनै समस्या नभएको ठाउँमा एमालेको सरकार हुँदा स्काउटको कार्यकारी भूमिकामा लोकबहादुर भण्डारी आएपछि समस्या भएको छ’, सांसद खड्काले भने । उनले राति १० बजे विवाहको पार्टी चलिरहेको अवस्थामा राज्यले व्यवसायीहरूलाई आतंकित बनाउने गरी शिल गर्नु गैरजिम्मेवार भएको तर्क गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७