गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

मुख्यमन्त्री अधिकारीको काँधमा सात मन्त्रालय


८ बैशाख २०८१, शनिबार
deepak manange chuman basnet 1

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ ।

यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा नै मन्त्रीको शपथ लिएका थिए । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले कार्यविभाजनको पत्र शनिबार बिहानै आएको र सार्वजनिक बिदा भएकाले त्यो प्रमाणित हुन केही समय लाग्ने बताए । गण्डकीमा ९ वटा मन्त्रालय छन् । मुख्यमन्त्री कार्यालयसहित ७ वटा मन्त्रालय मुख्यमन्त्रीले आफैसँग राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७