पाकिस्तानमा भारी वर्षाका कारण ८७ जनाको मृत्यु, ८० बढी घाइते


८ बैशाख २०८१, शनिबार
Heavy Rainfall In pakistan 1

काठमाडौँ । गत हप्तादेखिको भारी वर्षाले पाकिस्तानका केही भागहरूमा विनाश जारी राख्दा कम्तीमा ८७ जनाको मृत्यु भएको छ । साथै अन्य ८० जना घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । वर्षाले देशभर २ हजार ७१५ घरमा आंशिक वा पूर्ण क्षति पुगेको एनडीएमएले जनाएको छ ।

संरचना भत्किएको, चट्याङ परेर र बाढीका घटनामा अधिकांशको ज्यान गएको छ । अधिकांश क्षति र निधन देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको छ । जहाँ ३६ जनाको ज्यान गएको छ र ५३ जना घाइते भएका छन् । यस अवधिमा पाकिस्तान नियन्त्रित कश्मीरमा भारी वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा ज्ञ११ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले हालैको भारी वर्षाका कारण भएको बहुमूल्य जनधनको क्षतिप्रति गहिरो शोक र दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत कार्यलाई तीब्रता दिन र वर्षाका कारण बन्द भएका सडकहरू खोल्ने कामलाई तीब्रता दिन सम्बन्धित विभागलाई सुझाव दिएका छन् । यसअघि शुक्रवारको मौसम पूर्वानुमान प्रतिवेदनमा एनडीएमएले आगामी अप्रिल २२ सम्म जारी वर्षाले देशका विभिन्न क्षेत्रमा बाढी आउन सक्ने अनुमान गरेको थियो । –एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७