जङ्गलको बाटो हुँदै धनकुटाबाट २८८ किलो गाजा धरान ल्याउँदै गरेका तीन जना पक्राउ


८ बैशाख २०८१, शनिबार
ganja 1

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित कार्कीछापबाट प्रतिबन्धित लागूऔषध गाजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनकुटाको शहिदभूमी गाउँपालिकाबाट जंगलको बाटो गाजा तस्करी गरि धरानतर्फ आउँदै गर्दा उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

पक्राउ पर्नेमा उपमहानगरपालिका–११ स्थित बिष्णु चोक बस्ने २५ वर्षीय नकुल राई, २६ वर्षीय सानु राई धरान–१८ को २० वर्षीय प्रज्वल भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिए ।

पक्राउ परेकाहरूको साथबाट २८८ किलो लागू औषध गाँजा, तीनवटा तरबार र स्टिलको पाइप एक थान बरामद गरिएको उनले बताए । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप अनुमति लिई घटनाको थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७