एमाले समाप्त पार्ने षड्यन्त्र चिर्दै यहाँसम्म आइपुगेका छौं : अध्यक्ष ओली


८ बैशाख २०८१, शनिबार
kp oli 3

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्दै आज तुलनात्मक रूपमा अनुकूल परिस्थिति आइपुगेको बताएका छन् । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै पार्टीको लागि दशौं राष्ट्रिय महाधिवेशन यताका २९ महिना अत्यन्तै चुनौतीपूर्ण रहेको बताएका छन् ।

उनले भने, ‘पार्टीको दशौं महाधिवेशन त्यसभन्दा अगाडि पार्टी विभाजन लगत्तै हामीले आयोजना गरेको विधान महाधिवेशन यो अवधि, र पार्टी विभाजन र हामीलाई सरकारबाट हटाइँदाको अवस्था ७७ साल कम चुनौतीपूर्ण थिए । महाधिवेशनपछि पार्टी विभाजन सरकारबाट षड्यन्त्रपूर्ण विस्थापन घेराबन्दी पार्टीका विरुद्ध भ्रमपूर्ण प्रचार र आक्रमणका माध्यमबाट पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्दै आज हामी तुलनात्मक रूपमा अनुकलन परिस्थिति आइपुगेका छौँ ।

उनले अझै पनि चुनौती भने अन्त्य भई नसकेको बताए। राजनीतिक स्थायित्व, सुशासन राष्ट्रिय हित र स्वाभिमानको प्रत्याभूति गर्दै समाजवादको अभिभार पूरा गर्ने कार्यभार एमालेमा रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७