रविलाई गगनको व्यंग्य : अर्काको नाकको डाँडी भाँच्छु भन्दा वाहवाह, आफूबारे सोध्दा मलाई के थाहा ?


८ बैशाख २०८१, शनिबार
gagan thapa ilam

इलाम । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्काको नाकको डाँडी भाँच्छु भन्ने रवि लामिछानेले आफ्नैबारे सोध्दा मलाई के थाहा भनेर उम्किन नमिल्ने बताएका छन् । इलाम– २ मा वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचन प्रचारका लागि पुगेका महामन्त्री थापाले उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने छानबिन समितिबाट भाग्दा झन बढी संशय पैदा भएको टिप्पणी गरे । उठेको बताएका हुन् ।

‘अर्काको नाकको डाँडी भाँच्छु भन्दा वाहवाह । आफ्नोबारे सोध्दा मलाई के थाहा भनेर पाइन्छ ? कांग्रेसले निरन्तर संसदीय समिति गठनको माग गरेका छ । समितिमा को बस्छ ? एमालेले नेतृत्व गर्छ । माओवादी, कांग्रेस, रास्वपा, एमाले बस्छ, राप्रपाका सदस्य बस्छन्,’ इलाम– २ का कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काको चुनावी प्रचारलाई सम्बोधन गर्दै थापाले भने, ‘समितिले छानबिन गर्दा इलाममा उभिएर बोलेको आरोप गलत रहेछन् भने सार्वजनिक बेइज्जती कसको हुन्छ ? मेरो हुन्छ, कांग्रेसको हुन्छ, फाइदा कसलाई हुन्छ ? रास्वपालाई हुन्छ । तर हामी डराएका छैनौं । यसैले कांग्रेसले समिति बनाउँ भनेको हो । तर अनुसन्धान गर्ने भनेको व्यक्ति किन डराइरहेको छ ? किन मानिरहेको छैन ? यहाँ मत माग्न आउनेलाई तपाईंले सोध्नुपर्छ कि पर्दैन ?’

सहकारीमा सर्वसाधारणले जम्मा गरेको पैसा जीबी राई र रवि लामिछाने मिलेर हिनामिना गरेको आरोप पनि थापाले लगाएका छन् । ‘जीबी राईले सबै पैसा ग्यालेक्सी टीभीमा लगाएको छु भनेका छन् । यही विषयलाई हामीले सदन र सडकमा उठाउँदै आएका छौं । तर राजनीतिक आग्रहका आधारमा भनेको छैन । गोर्खा मिडियाका मालिक, जिबी राई र रवि लामिछाने हुन् । पाँचवटा सहकारीको एक अर्ब रुपैयाँ गोर्खा मिडियामा गएको छ । खासमा एक सुक्का पनि लान पाइँदैनथ्यो । सर्वसाधारणको पैसा एक अर्ब कसले फिर्ता गर्छ ? ती मान्छेले न्याय पाउनु पर्दैन ?,’

थापाले भने, ‘४७ सालदेखि मात्र होइन कांग्रेस, एमाले, माओवादीका सबै मन्त्री र यिनका शाखा सन्तानको सम्पत्ति छानबिन गरौं । एक रुपैयाँ तलमाथि गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ । कांग्रेस, एमाले र माओवादी जसले नराम्रो काम गर्छ थुन्ने हो । तर तपाईंको जिल्लामा आएको रास्वपाका पार्टी नेता पनि दोषी देखिए सो पार्टीबाट उठेका उम्मेदवारले थुन भनेर भन्न सक्छ ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७