भाइले कुट्दा दाइको गयो ज्यान


८ बैशाख २०८१, शनिबार
kutpit
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–३, एथुम्बुमा गाउँमा भाइको कुटपिटबाट दाजुको ज्यान गएको छ । एथुम्बुमा ३८ वर्षीय भाइ प्रवीण राईको कुटाइबाट ४१ वर्षीय दाजु सनमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले बताए ।

शुक्रबार राति घरायसी विवादमा भाइ प्रवीणले कुटेपछि शारीरिक अपांगता भएका दाजु सनमानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनायो । कुटपिटमा संलग्न प्रवीणलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७