ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरको मालपोत कार्यालयमा


८ बैशाख २०८१, शनिबार
global ime 1713511962

काठमाडौं । ग्लोबल आइएमई बैंकले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, स्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबीच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका हुन्।

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताएको छ।

यो काउन्टर सञ्चालनमा आएसँगै बैंकको एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरुको संख्या ६८ पुगेको छ।
नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिटेन्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू हुनेछन्।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७