मलामी गएको डुङ्गा डुब्दा ५८ जनाको मृत्यु


९ बैशाख २०८१, आईतवार
dunga 1

काठमाडौँ । मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । नागरिक सुरक्षा प्रमुख थोमस जिमासेका अनुसार मलामीका लागि गएका झण्डै ३ सय जना सवार डुङ्गा पल्टिएको हो ।

प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा भाइरल भएका भिडियोअनुसार डुङ्गामा ३०० भन्दा बढी मानिस सवार डुङ्गा शुक्रवार मपोको नदीमा पल्टिएको थियो । ‘हामीले पानीमा डुबेका ५८ मृत शरीरलाई पानीबाट निकालेका छौँ’, थोमस जिमासेले रेडियो गुइरासँग भने, ‘कति मानिस पानीमा डुबेका छन् भन्ने सही जानकारी अझै हामीलाई प्राप्त भइसकेको छैन । बेपत्ता भएकाहरूको खोजी जारी छ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७