विदेशको पीआर, नेपालमा सरकारी जागिर : विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा


९ बैशाख २०८१, आईतवार
Bikal Paudel and newyork house

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अमेरिकी स्थायी आवासीय अनुमति पत्र (पीआर) लिएको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

विदेशी आवासीयअनुमति पत्रधारीले नेपालको कुनै पनि सार्वजनिक पदमा रहन नपाउने कानुनी व्यवस्था विपरीत पौडेल केन्द्रको कार्यकारी निर्देशक बनेका थिए । यही अभियोगमा अख्तियारले मुद्दा दर्ता गरेको हो । अहिले अख्तियारको आरोपपत्र रुजु गर्ने काम भइरहेको जनाइएको छ ।

पौडेल दुई कार्यकाल केन्द्रको कार्यकारी निर्देशक र एक पटक राष्ट्रिय सूचना प्रविधिक केन्द्रको कार्यकारी निर्देशक बनेका थिए । पछिल्लो पटक सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक रहेकै बेला अख्तियारले २०८० वैशाख ३ मा सेक्युरिटी प्रिन्टिङको उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो । पौडेलको यो मुद्दा किनारा लागिसकेको छैन ।

मुद्दा विचारधीन रहेकै बेला गत माघ १० गते उनी र नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन, विदेशी बैंकमा अनुमतिबिना खाता सञ्चालन गरेको आयोगमा अख्तियारले नियन्त्रणमा लिएको थियो । पौडेलद्वय अहिले नियन्त्रणमा छन् । त्यही अनुसन्धानका क्रममा देखिएका तथ्य मध्येको अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएको विषय पनि मुद्दाको रुपमा अघि बढेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७