गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयो : मन्त्री चौधरी


९ बैशाख २०८१, आईतवार
bhagwati chaudari

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारीसम्बन्धी प्रकरण नयाँ सत्ता समीकरणसँग जोडिएर आएको बताएकी छिन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आज (आइतबार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेकी हुन् । पत्रकारिता पेशामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको प्रसङ्ग कोट्याउँदै उनले गृहमन्त्री लामिछानेको विषय अहिले नयाँ सत्ता समीकरणमा पनि जोडिएर आएको उल्लेख गरिन् ।

पत्रकारितामा आफूले पनि ६ महिना काम गरेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसमा दुःख भए पनि सम्मानित पेशा भएको बताइन् । पत्रकारिता पेशालाई सम्मानित बनाउन आफूले आफैलाई माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेको उनको भनाइ थियो । मन्त्री चौधरीले नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित पेशाको रुपमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मरण समेत गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७