२३ करोड ७५ लाख बिगो र १३ वर्ष कैद मागदावी गर्दै सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर


९ बैशाख २०८१, आईतवार
sunil poudel 2

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी रुपले सम्पत्ति आर्जनको आरोपमा अख्तियारले आज (आइतबार) विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बिगो र सजाय माग गरी आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन् । पदमा रहँदा आम्दानीको तुलनामा अस्वभाविक सम्पत्ति आर्जन गरेको ठहर गर्दै उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मु्द्दा दायर गरेको अख्तियार स्रोतले जनाएको छ

यसअघि गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी परेमाथि छानबिनका लागि अख्तियारले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सुनिलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो मुद्दा हो । यसअघि अख्तियारले उनीविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो र १३ वर्ष कैद मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यसअघि अख्तियारले सुनिलसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध ओहोदा ढाँटेर अमेरिकाको पीआर लिएको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध पनि दुईवटा मुद्दा दायर भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७