पूर्व राष्ट्रपति भण्डारीलाई एमालेले ‘राष्ट्रिय गौरव पदक’ ले सम्मान गर्ने


९ बैशाख २०८१, आईतवार
Bidhya Bhandari 1 scaled

काठमाडौं । सत्तारुढ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकले सम्मान गर्ने निर्णय गरेको छ । परिषद् बैठकको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेको प्रस्ताव प्रस्तुत गर्दै पूर्व राष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागेको बताएका हुन् । एमालेकी पूर्व उपाध्यक्ष समेत रहेकी भण्डारी दुई पटक राष्ट्रपति भएकी थिइन् ।

पोखरेलले राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा पनि महत्त्वपूर्ण ढंगले भूमिका खेलेको तथा अडान लिएको विषय एमालेको लागि गौरव बनेकाले सम्मान गर्न लागेको बताए । नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा सोमबार हीरक जयन्ती महोत्सव मनाउँदै भण्डारीलाई सम्मान गरिने जानकारी उनले दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७