कतारका राजा थानी आज आउँदै : देशभर सार्बजनिक बिदा, राष्ट्रपतिले स्वागत गर्ने

रथी सिग्देलको कमाण्डमा कतारी राजाको सुरक्षा, ड्रोनदेखि डग र सीसी क्यामेराबाट निगरानी


११ बैशाख २०८१, मंगलवार
katar amir2024 04 23 06 04 52

काठमाडौँ । आज (मंगलबार) कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन् । कतारका अमिर थानीको राजकीय भ्रमणको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । कतारका अमिर थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्दैछन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई आज अपराहन्न ५ः ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

अमिर थानीले भेटका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक भेटवार्ता गर्न छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको छ । कतारका अमिरबाट पहिलो पटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्ने लगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।

रथी सिग्देलको कमाण्डमा कतारी राजाको सुरक्षा, ड्रोनदेखि डग र सीसी क्यामेराबाट निगरानी
कतारी आमिर शेख तमिम बिन हमाद अल थानीको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देलको कमाण्डमा हुने भएको छ । उनी नेपाली सेनाका प्रधानसेनापतिपछिका सर्वोच्च अधिकारी हुन् ।

आजदेखि हुने दुई दिने भ्रमणमा आमिर शेखको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो । सेनाको कमाण्ड र समन्वयमा चार वटै सुरक्षा निकाय परिचालन हुनेछन् । अति विशिष्ट पाहुनाको सुरक्षाका लागि योजना तयार गरेर कार्यन्वयनमा ल्याइएको सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले बताए ।

आमिरको सुरक्षामा नेपाली सेनाका दोस्रो वरीयताका विशिष्ट अधिकृतलाई नै जिम्मा दिइएको हो। आमिरको भित्री सुरक्षा घेरामा नेपाली सेनाको विशेष टोली हुनेछ । उनी हिँड्ने सडकदेखि हरेक भेटघाट र कार्यक्रमस्थलको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ । बलाधिकृत रथी सिग्देलको कमाण्डमा रहेको उच्च तहको सुरक्षा समितिमा नेपाल प्रहरीका एआईजी र सशस्त्र प्रहरीका एआईजी पनि रहने छन् । यस्तै आवश्यकता अनुसार उपसमितिहरु बनाइएको छ । कार्यक्रमस्थल, सवार हुने रुट र निवासको सुरक्षा तथा अन्य व्यवस्थापन हेर्ने छुट्टाछुट्टै उपसमितिहरु बनाइएको छ ।

यता जिल्ला सुरक्षा समितिले पनि आमिरको सुरक्षाका लागि विशेष योजना बनाएर कार्यन्वयनमा ल्याइसकेको छ । भीभीआईपीको सुरक्षा हेर्ने नेपाली सेनाको निर्देशनालयका कर्णेलसँग समन्वय गरेर सुरक्षा योजना लागू गरिएको प्रशासनले बताएको छ । काठमाडौं भित्रिने नाकाहरुमा पनि विशेष जाँचको व्यवस्था मिलाइएको छ । आमिरको सुरक्षाका लागि ड्रोनदेखि, डग र सीसी क्यामेराहरुबाट पनि निगरानी गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७