नेपाल टूरमा आउने वेस्ट इण्डिज ‘ए’ टिमको घोषणा, को–को परे ?


११ बैशाख २०८१, मंगलवार
WI2024 04 23 07 04 26

काठमाडौँ । वेस्ट इण्डिजले नेपाल टूरमा आउने ‘ए’ टिमको छनौट गरेको छ । वेस्ट इण्डिज क्रिकेटको छनोट समितिले अप्रिल यही २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने वेस्ट इण्डिज पुरुष ‘ए’ टिमका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

वेस्ट इण्डिजले कप्तानको रूपमा अनुभवी रोस्टन चेसको नेतृत्वमा र उप–कप्तानको रूपमा एलिक एथानाजलाई चयन गरेको छ । वेस्ट इण्डिज ‘ए’ टिमले नेपालमा पाँच टी– २० सिरिज खेल्ने कार्यक्रम रहेको छ । विश्वकप छनौट अघि हुन लागेको यस सिरिजलाई महत्वपूर्ण तयारी सिरिजको रुपमा हेरिएको छ ।

यो कुनै पनि वेस्ट इण्डिज क्रिकेट टिमले नेपाल आउन लागेको पहिलो पटक भएकाले यसलाई ऐतिहासिक अवसरको रुपमा समेत हेरिएको छ । वेस्ट इण्डिज ए टिम– रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श ।

प्रशिक्षण टिम :
मुख्य प्रशिक्षक– फ्लोयड रेफर, सहायक कोच– रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट– नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच– शेन कूपर, प्रबन्धक र विश्लेषकः अवनेश सीताराम । सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ‘ए’ बीच पहिलो खेल अप्रिल २७ मा हुनेछ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुनेछ । त्रिवि मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७