मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीकै मृत्यु


११ बैशाख २०८१, मंगलवार
accident 2

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा प्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल सोमबार दुर्घटना हुँदा चालक सर्लाही ईश्वरपुर नगरपालिका–५ का ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७