सुदर्शनको नयाँ फिल्म ‘रावायण’ छायांकन सुरु


११ बैशाख २०८१, मंगलवार
pal.jpg 1

काठमाडौं । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ को छायांकन सुरु भएको छ । सोमबार जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरमा शुभमुहूर्त गर्दै रेल्वे स्टेशनबाट छायांकन सुरु गरिएको हो । फिल्मको शुभमुहूर्तमा निर्देशक थापासहित फिल्मका कलाकारहरु पल शाह, पूजा शर्मा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ लगायत सहभागी भएका थिए । मंगलबारबाट सर्लाही जिल्लास्थित लालबन्दीमा छायांकन गरिने जानकारी निर्माण टिमले दिएको छ ।

एक्सन तथा लभस्टोरी कथामा बन्न लागेको फिल्मको धेरैजसो छायांकन सोही स्थान वरपर हुने बताइएको छ । फिल्ममा प्रियंका कार्की, पूर्व मिस नेपाल निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको पनि अभिनय रहनेछ । फिल्ममा पल एक्सन भूमिकामा रहेका छन् । फिल्ममा उनी दोहोरो भूमिकामा देखिने छन् । सुदर्शन थापा र पूजा शर्माको संयुक्त निर्माण रहने फिल्मको आगामी भदौ २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७