ताइवानमा गए राति ८० बढी भूकम्पको धक्का


११ बैशाख २०८१, मंगलवार
taiwan
फाइल फोटो

काठमाडौँ । ताइवानमा फेरि भूकम्प गएको छ । गए राति ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६ रेक्टर स्केल मापन गरिएको थियो ।

भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनमा जमिनबाट ५.५ किलोमिटर तल रहेको मौसम विभागले जनाएको छ । भूकम्पबाट हुआलीएनमा दुईवटा भवन भूकम्पबाट क्षतिग्रस्त भएको र एउटा भवन भत्किएको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो ।

यसअघि अप्रिल ३ मा ताइवानमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसबेला हुआलियन सहरमा पनि भूकम्प गएको थियो । यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो । ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

ताइवान टेक्टोनिक प्लेटहरूको संगममा अवस्थित छ । ताइवान दुई टेक्टोनिक प्लेटको संगममा अवस्थित एउटा देश हो, जसलाई भूकम्पका लागि संवेदनशील मानिन्छ । सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । यसअघि सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पमा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७