औषधिमा प्रयोग हुने केमिकल बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा लाग्यो आगो


११ बैशाख २०८१, मंगलवार
truck aaglagi 1536x1152 1

धादिङ । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा ट्रकमा एक्कासी आगो लागेको हो । केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन् ।

राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७