हिजबुल्लाहका आधा बढी कमाण्डरलाई मारेको इजराइलको दावी


१३ बैशाख २०८१, बिहीबार
isrel sena

काठमाडौं । इजराइलले दक्षिणी लेबनानमा सक्रिय हिजबुल्लाहका आधा भन्दा बढी कमाण्डरलाई मारेको दावी गरेको छ । इजराइलका रक्षा मन्त्री योआव ग्यालेन्टले हिजबुल्लाहका बाँकी कमान्डर लुकेर बसिरहेको र उनीहरूमाथि पनि चाँडै आक्रमण गर्ने बताए ।

बीबीसीका अनुसार इजराइली सेनाले बुधवार दक्षिणी लेबनानमा हिजबुल्लाहसँग सम्बन्धित ४० स्थानमा आक्रमण गरेको दावी गरेका छन् । मङ्गलवार इजराइली हवाई आक्रमणमा २ जना लेबनानी नागरिकको मृत्यु भएपछि हिजबुल्लाहले इजराइलमाथि रकेटले आक्रमण गरेको थियो । जसको जवाफी कारबाही इजराइलले गरेको बताइएको छ । गत अक्टुबलमा गाजा र इजराइलबीच युद्ध सुरु भएदेखि नै हिजबुल्लाह र इजराइली सेनाबीच झडप हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७