जुम्लामा तारा एयरको विमान दुर्घटना


२६ जेष्ठ २०७५, शनिबार
tara airlines jumla

काठमाडौं, २६ जेठ । तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । जुम्लाका लागि नेपालगन्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको हाे । tara airlines jumla

दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।  धावनमार्गबाट असन्तुलित हुँदै बाहिर निस्केको जहाज आवासगृहतर्फको फेन्समा ठोक्किएको प्रहरीले जनाएकाे छ ।

विमानमा रहेका१८ यात्रु र ३ जना चालक दलका सदस्य सबै सकुशल छन् । जहाजकोनोज (अगाडिको भाग)मा क्षति पुगेको तारा तथा यति एयरका मिडिया म्यानेजर भीमराज राईले बताए। नेपालगन्जदेखि जुम्लाको उडान समय २५ मिनेट हो। यो विमानका क्याप्टेन जेके निरौला थिए।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७