वेष्ट इण्डिज ‘ए’ विरुद्ध कप्तान रोहितले बनाए अर्धशतक


१५ बैशाख २०८१, शनिबार
rohit paudel

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ र नेपालबीच शनिबार सुरु भएको टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । त्रिवि मैदानमा नेपालले टस जिते पहिला बलिङ गरेको थियो । पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले २०४ रन बनाएको थियो ।

२०५ रनको लक्ष्य पछ्याएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालका लागि पौडेलले २७ बलमा अर्धशतक बनाएका हुन् । उनीसँगै अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी छन् । यो समाचार तयार पार्दासम्म नेपालले ११ ओभरमा तीन विकेट गुमाएर ९६ रन बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७