इलाम–२ को मत परिणाम हरेक दुई घण्टामा, गणनास्थल बाहिर भिड घटाउन चोकमा ‘डिस्प्ले’

फाकफोकथुम १ र २ को मतगणना जारी


१६ बैशाख २०८१, आईतवार
mat gadana 1

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा शनिबार खसेका मत गन्ने काम जारी छ । मत परिणाम थाहा पाउन सदरमुकाम इलामको सिटी हलबाहिर सर्वसाधारणको भिड लागेको छ ।

इलाम क्षेत्र नम्बर २ को मतगणना परिणाम दुई-दुई घण्टामा सार्वजनिक गरिने भएको छ । मुख्य निर्वाचन अनुगमन अधिकृत राजेन्द्र प्रसाद आचार्यका अनुसार दिउँसो २ बजेमात्रै प्रारम्भिक मत परिणाम सार्वजनिक गरिनेछ । बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना एक घण्टा ढिलो गरी सुरु भएको थियो ।

mat gadana 2

अहिले फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना भइरहेको छ । सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठका अनुसार, प्रारम्भिक परिणाम गणनास्थलबाट घोषणा गर्ने र त्यसको विवरण बाहिर देखिने गरी डिस्प्लेमा सार्वजनिक गरिनेछ । मत गणनास्थलबाहिरको भिड घटाउन यसो गर्न लागिएको उनले जानकारी दिए । आइतबार दिउँसो १ः३० बजेसम्म प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छैन । मध्याह्न १२ बजेदेखि मतगणना सुरु भएको थियो ।

११ वटा सीसी क्यामेरा
मत गणनास्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार, मतपेटिकाको सुरक्षा निष्पक्षतालाई ध्यान दिँदै यी क्यामेराहरू जडान गरिएको हो । आइतबार मध्याह्न १२ बजेबाट मतगणना सुरु भए पनि दिउँसो १ बजेर २३ मिनेट जाँदासम्म प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छैन । सदरमुकामको सिटी हलमा मतगणना भइरहँदा प्रारम्भिक परिणाम थाहा पाउन बाहिर सर्वसाधारणको भिड लागेको छ ।

उपनिर्वाचनमा एमालेबाट सुहाङ लिम्बू, कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू र पहिचानवादीका तर्फबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । २०७९ को चुनावमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो । १ लाख १५ हजार ८ सय ८९ मतदाता भएको यस क्षेत्रमा ६० प्रतिशत अर्थात् ६९ हजार २ सय ८७ जनाले मतदान गरेका छन् । ७९ मतदानस्थलका १ सय ४९ वटा मतदान केन्द्रबाट शनिबार राति नै मतपेटिकाहरू सदरमुकामस्थित सिटी हलमा पुर्‍याइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७