इलाम–२ मतगणना : डम्बर खड्काको शुरुवाती अग्रता, पछ्याउँदै सुहाङ


१६ बैशाख २०८१, आईतवार
ilam2 umerdwar

इलाम । इलाम क्षेत्र नम्बर–२ को मत गणना जारी छ । प्रारम्भिक मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले शुरुवाती अग्रता लिएका छन् । उनले १,१४५ मत ल्याएका छन् ।

उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । नेम्वाङले १,०६३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८, रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत ल्याएका छन् ।

इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ मा खसेको मत गणना गरिएको हो । इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो । शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो । यो क्षेत्रमा एक लाख १५ हजार ८८९ मतदाता थिए । तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७