सचेत रहनुस्, बुधबार र बिहीबार यी नदीमा बढ्नेछ पानीको बहाव


२८ जेष्ठ २०७५, सोमबार
koshi nadi

काठमाडौं, २८ जेठ । आउँदो बुधबार र बिहीबार कोशी, बागमती र नारायणी नदीमा पानीको बहावले सतर्कता तह नाघ्न सक्ने भएकाले सचेत हुन जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।

koshi nadi
कोशी व्यारेज । तस्विर : फाइल

विभागको बाढी पूर्वानुमान शाखाले सोमबार बाढी बुलेटिन निकालेर ठूला नदीमा बाढीको जोखिम नभए पनि स–साना नदीहरुमा पानी परिरहेको बखत सचेतना अपनाउन ध्यानाकर्षण गराएको हो । ‘कन्काई, कोशी, कमला, बागमती र नारायणी नदीमा सोमबारदेखि बुधबारसम्म पानीको सतह एक मिटर बढ्नेछ,’ बुलेटिनमा भनिएको छ । शुक्रबार पूर्वी नेपालबाट मनसुन शुरु भएसँगै बाढी पूर्वानुमान शाखाले देशभरका नदीमा सम्भावित बाढीको प्रक्षेपण शुरु गरेको हो ।

शाखाका अनुसार सोमबारदेखि बुधबारसम्म मध्यभागका धेरै जसो स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ। सोमबार कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढ्ने आंकलन गरिएको छ । मंगलबार पनि ती नदीमा पानीको मात्रा बढ्नेछ । यो वर्ष निर्धा्रित मितिभन्दा दुई दिन अघिदेखि मनसुन शुरु भएको छ । भारतीय पक्षले कोशी ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनी नदीलाई पश्चिमतर्फ धकेलेपछि वर्षाैंदेखि मर्मत अभावमा जीर्ण रहेको पश्चिमी तटबन्ध र स्परमाथि खतरा बढेको छ  ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७