उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाको शानदार जित


३१ जेष्ठ २०७५, बिहीबार
Russia Soccer WCup Russia Saudi Arabia 9
Russia’s Yuri Gazinsky, left, celebrates with teammates after scoring his side’s first goal during the group A match between Russia and Saudi Arabia which opens the 2018 soccer World Cup at the Luzhniki stadium in Moscow, Russia, Thursday, June 14, 2018. (AP Photo/Matthias Schrader)

काठमाडौँ, ३१ जेठ । आजदेखि सुरु भएको २१ औँ संस्करणको विश्वकप फुटबल प्रतियोागिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले शानदार जित हासिल गरेको छ ।

रसियाको मस्को शहरको लुझ्न्की स्टेडियममा भएको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले साउदी माथि ५–०को शानदार जित निकालेको हो ।

रसियाका लागि डेनिस च्यारिसेभले २ तथा आर्तेम दर्बुजा, गरेभने युरी गोजिन्सी र एलाक्सडर गोलोभिनले एक–एक गोल गरे । रसियाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । रसियाका लागि युरी गोजिन्सी र डेनिस च्यारिसेभले दुई गोल गरेका हुन् ।

रसियाले खेलको १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध पहिलो गोल गर्दै खाता खोलेको थियो । रसियाका लागि युरी ग्याजिन्सकीले पहिलो गोल गरे । उनले एलेक्जेडरको पास मार्फत हेडिङ् गर्दै बललाई जाली चुमाएका थिए । यो उनको पहिलो अन्तराष्ट्रिय गोलपनि हो । जर्मनीका फिलिप लेहमपछि २००६ यता विश्वकपको पहिलो सटमै गोल गर्ने उनी पहिलो खेलाडी पनि बनेका छन् ।

यसैगरी पहिलो हाफ सकिन २ मिनेट बाँकी छँदा च्यारिसेभल डेनिसले दोस्रो गोल थपेका थिए । रोमन जोवनिनले दिएको पासलाई डेनिसले डी बक्सभित्रबाट साउदीका डिफेन्डरलाई छलाउँदै गोल गरेका थिए । उनको पनि यो पहिलो अन्तराष्ट्रिय गोल हो ।
यस्तै ७१ औं मिनेटमा रसियाका लागि तेस्रो गोल सब्सिटियूटमा मैदान उत्रेका आर्तेम दर्बुजाले हेड मार्फत गोल गरे । उनले एलेकसानद्रको

पासलाई क्रसबाट गोलमा परिणत गरेका थिए । उनले मैदान प्रवेश गरेको ६० सेकेन्ड वित्न नपाउँदै गोल गरे । उनी अलान डेजागेभले ह्यार्मस्ट्रङ इञ्जुरीका कारण मैदान छाडेपछि मैदान प्रवेश गरेका थिए ।

यस्तै ९० मिनेटपछि थपिएको ३ मिनेटको अतिरिक्त समयमा साउदीले दुई गोल खायो । पहिलो मिनेटमा साउदीका फहाद अल मुलादले फल गरेपछि रसियाका डेनिश चेरोसेभले डिबक्सको दाँयाबाट ’लेफ्ट फुट सट’ हान्दै चौथो गोल गरे ।

थप समयको अन्तिम मिनेटमा साउदीका तेसिल अल जासमले फल गरेपछि रशियाले पाएको फ्रि–किकलाई सदुपयोग गर्दै एलेकसान्दर गोलोभिनले रसियाका लागि ५ औं गोल गरे।

लुझ्न्की स्टेडियममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वका विभिन्न नेताको उपस्थितिमा रसिया र साउदी अरेबियाबीच खेल भएको थियो ।

तस्बिर : एपि

Russia Soccer WCup Russia Saudi Arabia 2

Russia Soccer WCup Russia Saudi Arabia 4

Russia Soccer WCup Russia Saudi Arabia 5

Russia Soccer WCup Russia Saudi Arabia 6

Russia Soccer WCup Russia Saudi Arabia 7

Russia Soccer WCup Russia Saudi Arabia 9

Russia Soccer WCup Russia Saudi Arabia 10

Russia Soccer WCup Russia Saudi Arabia 11

Russia Soccer WCup Russia Saudi Arabia 12

Russia Soccer WCup Russia Saudi Arabia 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७