नेपाल टेलिभिजनको अध्यक्षमा डा. विष्ट र राससमा श्यामल नियुक्त


१ असार २०७५, शुक्रबार
Mahendra bista and syamal

काठमाडौँ, ३१ जेठ । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्षमा हरिहर अधिकारी (श्यामल) र नेपाल टेलिभिजनमा डा महेन्द्र विष्टलाई नियुक्त गरेको छ । Mahendra bista and syamal

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ बसेको बैठकले नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

विष्ट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन । विष्ट इमेज टेलभिजनको समाचार प्रमुख समेत रहेका थिए । अध्यक्ष डा महेन्द्र विष्ट नेपाल पत्रकार महासङ्घ र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष हुनाका साथै टिभी, रेडियो र दैनिक पत्रिकाहरुमा पनि काम गरिसकेका छन् । उदयपुरमा जन्मिएका विष्टले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि  गरेका छन् ।

यस्तैं  अध्यक्ष श्यामल  तीन दशकदेखि यता पत्रकारितामा छन् । उनले ‘मातृभूमि’ बाट पत्रकारिता सुरूवात गरेका थिए । उनले ‘रूपरेखा’ मासिक, ‘घोषणा’, ‘दृष्टि’, ‘प्रतिपक्ष’ (साप्ताहिक), ‘नया“ पत्रिका’ र ‘सौर्य’ (दैनिक)मा सल्लाहकार सम्पादक भई काम गरिसकेका छन् । विसं २०६३ देखि २०६९ सम्म ‘प्रख्यात’ साहित्यिक मासिक पत्रिकाको सम्पादन समूहमा पनि रही काम  गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७