‘प्रदेश नं. २ मा प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण’


२ असार २०७५, शनिबार
Nepal police1

पर्सा, २ असार । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारी रहेको बताएका छन् । मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्र अर्थात् इद पर्व अवसरमा इदको नमाज पढ्न पर्साको जगरनाथपुर गाउँपालिकास्थित इदगाहमा पुगेका मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याउन लागेका प्रहरी ऐनमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागिएको जानकारी दिए ।Nepal police1

गुगल तस्बिर ।

उनले प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाइ बेटी बचाइ’ अभियान अब प्रदेश सरकारको मात्र नभई यसलाई समाजले आत्मसात् गरेकाले यो सफल हुने विश्वास व्यक्त गर्दै अभियानलाई अझै प्रभावकारी बनाउन लागि प्रदेश नं २ का स्थानीय तहले बजेट विनियोजन गरेको बताए ।

मुख्यमन्त्री राउतले यो अभियानका लागि प्रदेश नं २ का स्थानीय तहले बजेट विनियोजन गरेको र समाजले पनि यसलाई सफल बनाउन स्वःस्र्फुतरुपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाले अब यो जनताको अभियान बन्दै गएको बताए ।

उनले प्रहरी ऐनमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागिएको जानकारी दिदैं शान्ति सुरक्षा कायम राख्न महिलाहरु सक्षम रहेको बताए । मुख्यमन्त्री राउतले पढेलेखेका महिलालाई प्रदेशको उच्च ओहदासम्म पु¥याउन प्रदेश सकारले आरक्षणको व्यवस्थासमेत गर्न लागिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७