मेस्सीले गरे गोल, पहिलाे हाफमा अर्जेन्टिनालार्इ १–०काे अग्रता


१३ असार २०७५, बुधबार
1530037214828 lc galleryImage SAINT PETERSBURG RUSSIA J

काठमाडौं, १३ असार । रसियामा जारी विश्वकपमा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले नाइजेरिया विरूद्धको गोल गरेका छन् ।1530036816384 lc galleryImage SAINT PETERSBURG RUSSIA J

रसियाका सेन्ट पिटर्सबर्ग स्टेडिममा नाइजेरियासँग  समूह चरणको अन्तिम खेल खेलिरहेको अर्जेन्टिनाका लागि १४ औं मिनेटमा मेस्सीले गरेका गरेका हुन् । मेस्सीको जारी विश्वकपमा पहिलो गोल गरेका हुन् । मेस्सीको गोलसँगै अर्जेन्टिनाले खेलकाे पहिलाे हाफमा १–०ले अग्रता लिएको छ।

यो पनि पढ्नुहोस्
अर्जेन्टिनालाई आज अन्तिम मौका, के भए अन्तिम १६ मा पुग्छ ?
अर्जेन्टिना नाइजेरियासँग अहिलेसम्म विश्वकपमा हारेको छैन   
विश्वकप समुह ‘डि’ : ‘गर या मर’ अवस्थामा अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्ड
कठिन मोडमा लियोनल मेस्सी
गोल गर्दा मेस्सी किन आकाश तर्फ हेर्छन् ?

अन्तिम १६ मा स्थान सुरक्षित गर्नका लागि अर्जेन्टिनालाई जारी खेल जित्नैपर्ने दबाब छ। समहुमा क्रोएसिया ६ अंक साथ दाेस्राे चरणमा प्रवेश गरिसकेकाे छ ।  अहिले क्रोएसिया र अाइल्याण्डबीच खेल जारी छ ।

यसैगरी नाइजेरियाको ३ अंक र गोलअन्तर शुन्य रहेको छ । आइसल्याण्ड र अर्जेन्टिनाको एक–एक रहेको छ भने गोलअन्तर माइनस दुई र तीन रहेको छ । नकआउट चरणमा पुग्न  विश्वउपविजेता समेत रहेका अर्जेन्टिना,  नाइजेरिया, आइसल्यान्ड  तीनै टिमको सम्भावना रहेकाले खेल गर या मरको अवस्थामा छ ।1530037214828 lc galleryImage SAINT PETERSBURG RUSSIA J

अर्जेन्टिना र नाइजेरियाका लागि क्रोएसियाको खेल महत्वपूर्ण हुनेछ । क्रोएसियाले आइसल्यान्डलाई पराजित गरेमा नाइजेरिया र अर्जेन्टिनालाई सहज हुनेछ । क्रोएसियाले हारेमा भने समूहमा अजेन्टिना र नाइजेरियालाई मुस्किल पर्नेछ ।

1530036816384 lc galleryImage SAINT PETERSBURG RUSSIA J 1

1530037430074 lc galleryImage Argentina s forward Lione

1530037419842 lc galleryImage SAINT PETERSBURG RUSSIA J

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७