साइपाल गाउँपालिकाका कार्यकारी अधिकृतमाथि कालोमोसो


१३ असार २०७५, बुधबार
saipal 2

बझाङ, १३ असार । नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा एक अधिकृतलाई कालोमोसो दलेका छन् । बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीले भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सा गुम्बा टिप्नेलाई बेचेकोले भन्दै नेकपाले कालोमोसो दलेका बताएका छन् ।saipal 2

जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार कुइन्ट चामलमध्ये १५ सय कुइन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको र उक्त चामलबाट आएको रुपैयाँ हिसाब नदेखाएको बताएको छ ।

त्यसैगरी कार्यालय व्यवस्थापनको नाममा जोशीले बिल मिलाएर लाखौं भ्रष्टाचार गरेको नेकपाले दाबी गरेको छ । नेकपाले गठन गरेको जनपरिषद् बझाङका प्रमुख संग्राम सिंहले जोशीलाई पटकपटक सुझाव दिँदापनि नसुर्धेकोले चेतावनी स्वरुप कालोमोसो दलेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७