डीआइजी बढुवामा आइजीपी नै बाधक


२५ असार २०७५, सोमबार
igp sailendra khanal

काठमाडौं, २५ असार । सशस्त्र प्रहरी बलमा ६ महिनादेखि रिक्त डीआइजी बढुवा हुन सकेको छैन । शैलेन्द्र खनाल आइजीपी भएको असार २८ गते ३ महिना पुग्न लागिसक्दा पनि उनले पनि बढुवा नगरी आलटाल गर्दैआएका छन् । गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईले डीआइजी बढुवा गर्न बारम्बार ताकेता गर्दा पनि उनले झुलाउँदैआएका छन् ।

igp sailendra khanal
गृहसचिव प्रेमकुमार राई विदेश भ्रमणमा जानुअघि नै डीआइजी बढुवा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए । तर उनी २०७५ असार २७ मा फर्किने दिन आइसक्दा पनि बढुवा प्रक्रिया अगाडि बढाउने चासो खनालले देखाएका छैनन्, आजको साँघुमा समाचार छ । पूर्वआइजीपी सिंहबहादुर श्रेष्ठले बढुवा गर्न लाग्दा पनि खनालले नै अनेक प्रपन्च रची रोक्दैआएका थिए । आफू बरिष्ठताका आधारमा बढुवा भएका आइजीपी खनाल डीआइजी बढुवामा बरिष्ठताका आधारमा नगरी तलमाथि गर्ने चलखेलमा लागेको आरोप छ ।
यसैबीच, २०७५ असार २१ मा निकालेको २८ एसपी र ८२ डीएसपीको सरुवामा आइजीपी खनालले नातागोता र आर्थिक चलखेलका आधारमा सरुवा गरेको आरोप  छ । आइजीपी खनालका अति निकटस्थ सचिवालयका डीआइजी सुरजकुमार श्रेष्ठ र लेखाका इन्स्पेक्टर गणेशबहादुर मल्लले दररेट तोकेर असुली गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार सशस्त्रका सिमा सुरक्षा कार्यालय र गणमा सरुवा भएका एसपीसँग असुली गरिएको छ ।

डीएसपी सरुवामा भन्सारमा खटाइएकाहरुको सूची हेर्ने हो भने पनि डीआइजी श्रेष्ठ र लेखाका मल्लले रकम उठाएको पुष्टी हुनेछ । डीएसपीमा आकर्षक ठाउँमा सरुवा भएकाहरुको नाम हेर्ने हो भने अधिकांश सुदूरपश्चिमकै छन् । श्रेष्ठ र मल्ल दुवै सुदूरपश्चिमका भएकाले उनीहरुले नै दररेट अनुसार असुली गरेर बुझाएका आधारमा आइजीपी खनालले सरुवा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७