बेल्जियमलार्इ पराजित गर्दै फ्रान्स फाइनलमा


२७ असार २०७५, बुधबार
Umtti

रसिया, असार २७ : बेल्जियमलाई पराजित गर्दै फ्रान्स रसियामा जारी विश्वकपमा फाइनल प्रवेश गरेको छ। फ्रान्स बेल्जियमलाई १ गोलले पराजीत गर्दै फाइनल प्रवेश गरेको हो। बार्सिलोनाका स्टार डिफेन्डर सामुअल उम्टीटीले ५१ मिनेटमा ‘सेट पिस’ बाट पाएको बललाई हेडरमार्फत गोल गरेर जित सुनिश्चित गरेको हो ।

Umtti

सन् १९९८ मा ब्राजिललाई ३-० ले पराजीत गर्दै पहिलोपटक विश्व विजेता बनेको फ्रान्स, त्यसयता तेस्राे पटक विश्वकप फाइनलमा पुगेको हो। बेल्जियम पाँचपटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा आएको थियो।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७